धनगढीः कैलालीको धनगढी स्थित एरिष्टो माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक शान्ति अधिकारीको ह्वाट्सएप ह्याक गरेर डेढ लाखठगी गरिएको छ। अधिकारीका अनुसार अज्ञात व्यक्तिले उनको ह्वाट्सएप ह्याक गरेर तीन जना व्यक्तिबाट ५० हजारका दरले डेढ लाखठगी गरेको हो।
ह्वाट्सएप ह्याक गरेर ठगले अधिकारीका सयौं साथीलाई एकै पटक अकस्मात पैसाको खाँचो परेको भन्दै ५० लाख पठाउन म्यासेजपठाएको थियो। ह्वाट्सएप म्यासेजलाई सत्य ठानेर तीन जना साथीले ह्याकरले भनेअनुसारको पैसा पठाएको अधिकारीले बताइन्। उनलेह्वाट्सएपबाट आउने सन्देशमा विश्वास नगर्न आग्रह गरेकी छन्।

अहिले भने ह्याक भएको नम्बर नियन्त्रणमा लिइएको उनले बताइन्। याे त केबल हालै मात्र घटेको एउटा घटना मात्रै हाे।सुदूरपश्चिममा साइबर अपराध यसैगरी बढेको पाइएको छ। साइबर अपराधका लागि सबैभन्दा बढी फेसबुक र म्यासेन्जरको दुरुपयोगभएको प्रहरी तथ्याङ्कले देखाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा ३६४ वटा साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका थिए, जसमध्ये १६ वटामात्र मुद्दामा परिणत भए। आर्थिक वर्ष २०८१/८२ मा यस्तो उजुरीको संख्या बढेर ३९७ पुग्यो, तर मुद्दा दर्ताको संख्या भने१२ मा झर्यो। चालु आर्थिक वर्षको मंसिरसम्म मात्र १३५ वटा उजुरी परिका छन् भने ६ वटा मुद्दा दर्ता भएका छन्।
सुदूरपश्चिममा यो समस्याको केन्द्रविन्दु बनेको कैलाली जिल्लाको अवस्था चिन्ताजनक छ। जिल्ला प्रहरी कार्यालय कैलालीकोतथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सञ्जालबाट पीडित भएको भन्दै १३ वटा उजुरी परेका थिए। त्यसपछिकावर्षहरूमा यो संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा फेसबुक, टिकटक, ई–सेवा र अन्य बैंकिङ एपमार्फतभएका अपराधका २३७ उजुरी दर्ता भए। चालु आर्थिक वर्षको हालसम्म मात्रै १२१ उजुरी दर्ता भइसकेका छन्।
सहरीकरण, आधुनिकीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसलाई मलजल गरेको छ। सामाजिक सञ्जालको प्रभावसकारात्मकभन्दा नकारात्मक रूपमा बढी परिरहेको प्रहरी अधिकृतहरू बताउँछन्।
साइबर अपराधको पीडित र पीडक दुवैमा युवा पुस्ता, विशेषगरी किशोरकिशोरीहरूको संख्या अधिक छ। विशेषगरी १४ वर्षदेखि २६वर्षसम्मको उमेर समूह यसमा बढी संलग्न देखिन्छ। यो उमेर समूह प्रविधिसँग नजिक भए पनि त्यसका खतराहरूबारे अनभिज्ञ हुँदासजिलै सिकार बन्ने गरेको छ।
साइबर अपराधले अनलाइन संसारलाई मात्रै प्रभाव गरेको छैन, यसको असर समाज र परिवारसम्मै पुगेको छ। लागुऔषध दुर्व्यसनीदेखिलिएर उमेर नपुग्दै भागेर बिहे गर्ने घटनासम्मको जड यही सामाजिक सञ्जाल बनिरहेको छ।
नक्कली प्रेम सम्बन्धमा फसेर आर्थिक र यौनिक शोषणमा पर्ने, व्यक्तिगत तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेलगर्ने र सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने जस्ता घटनाले कैयौँको जीवन तहसनहस बनाएको छ। स्रोत :- अभिलेख मिडिया






