धनगढीः संघीय राजधानी काठमाण्डौँमा कर्पोरेट कार्यालय रहेका जीबन तथा निर्जिवन बीमा कम्पनीका प्रायः शाखा कार्यालयसुदूरपश्चिम प्रदेशभित्र सञ्चालनमा छन्। विभिन्न जीवन बीमा कम्पनीका एक सय ८१ शाखा कार्यालय यो प्रदेशभित्र सञ्चालनमा छन्।
तीनै जीबन बीमा कम्पनीहरुले सुदूरपश्चिममा आर्थिक वर्ष २०८१/८२ मा १५ हजार १९३ बीमाको दुई अर्ब ३० करोड दाबी भुक्तानी गरेकोपाइएको छ। सो अवधिसम्म सुदूरपश्चिममा सक्रिय बीमा लेखको संख्या पाँच लाख ६४ हजार ७१५ रहेको नेपाल बीमा प्राधिकरणसुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख केदारनाथ भट्टले बताए। आर्थिक वर्ष २०८१/८२ मा मात्र एक लाख ५५ हजार बीमापोलिसी जारी गरिएको थियो।

यस्तै यो प्रदेशभित्र सञ्चालिन निर्जीवन बीमा कम्पनीहरुले तीन हजार एक सय ६९ बीमाको ५९ करोड २६ लाख ५६ हजार दाबी भुक्तानीगरेको प्राधिकरणको तथ्यांकले देखाएको छ। निर्जीवन बीमा अन्तर्गत एक लाख पोलिसी सेल भएको पाइएको छ। यसैगरी यहाँ लघुबीमा अन्तर्गत २७ लाख ८४ हजार दाबी भुक्तानी गरिएको छ।
प्रादेशिक प्रमुख भट्टका अनुसार २०८२ को पौष मसान्तसम्म सुदूरपश्चिममा सक्रिय जीवन बीमा लेखको संख्या पाँच लाख ७४ हजाररहेको छ। पौष मसान्तसम्मको अवधमिा मात्र सुदूरपश्चिम प्रदेशिभित्र सञ्चालिन जीवन बीमा कम्पनीका शाखा कार्यालयमार्फत पाँचअर्ब ७८ करोड प्रथम बीमा शुल्क अन्तर्गत रकम संकलन भएको छ। सो अवधिमा मात्र यहाँ ६ हजार ८९० वटा बीमा लेखको एक अर्व १२करोड दाबी भुक्तानी गरिएको प्रादेशिक प्रमुख भट्टले बताए।
यस्तै निर्जीवन बीमा अन्तर्गत चालु आर्थिक वर्षको पौष मसान्तसम्म मात्र यहाँबाट ७० हजारको संख्यामा बीमालेख जारी भएर ५५ करोडरकम संकलन भएको छ। साथै १३ हजार ४६३ बीमालेखको ३७ करोड ९७ लाख रुपैयाँ पौष मसान्तसम्म दाबी भुक्तानी गरिसकिएकोनेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।






