धनगढी, २ चैत/धनगढीमा सञ्चालित शनिबारीय महिला उद्यम बजार स्थगित गरिएको छ । धनगढी उपमहानगरपालिकाले जेन्जी मार्गमा सञ्चालन गर्दै आएको शनिबारीय महिला उद्यम बजार अस्थायी रूपमा स्थगित गरेको हो ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै प्रतिकूल मौसम तथा हावाहुरीका कारण उक्त बजार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।
नगरपालिकाका अनुसार १५ कात्तिक २०८२ देखि सञ्चालन हुँदै आएको उद्यम बजार ३० फागुन २०८२ देखि लागू हुने गरी स्थगन गरिएको जनाएको छ । बजार पुनः सञ्चालन गर्ने बारे अर्को सूचना प्रकाशित गरिने उपमहानगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको सूचनामा सम्बन्धित सम्पूर्ण महिला उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूलाई जानकारी गराइएको उल्लेख गरिएको छ ।
धनगढीमा सञ्चालित शनिबारीय महिला उद्यम बजार स्थगित
धनगढीमा सञ्चालित शनिबारीय महिला उद्यम बजार स्थगित

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





