धनगढीः ७ महिनाअघि अमेरिका उडेका सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा अझै आएकाछैनन्। उनी अमेरिकम उडेदेखि पछिल्ला करिब ६ महिनादेखि सम्पर्कमा छैनन्। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि उनीप्रदेशसभा सचिवालयसँग पनि सम्पर्कविहीन छन्।
नेताहरूका अनुसार जेन–जी आन्दोलन भएको चार दिनपछि उनी अमेरिका गएका थिए। देउवाले ११ माघमा भएको राष्ट्रियसभा सदस्यनिर्वाचनअघि नै नेपाल फर्किने बताएको भए पनि अझै फर्किएका छैनन्।

देउवा झण्डै सात महिनादेखि प्रदेशसभा बैठकमा पनि उपस्थित भएका छैनन्। सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३अनुसार लगातार १० बैठकमा विनासूचना अनुपस्थित भए प्रदेशसभा सदस्यको पद नै रिक्त हुन सक्ने व्यवस्था छ। तर पछिल्लो सातमहिनामा सातवटा मात्र बैठक बसेकाले उनको पद भने कायम नै रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सम्पर्कविहीनजस्तै रहेका देउवाको तलब तथा सुविधा भने सचिवालयले रोक्का गरेको छ। नेपाली काँग्रेस संसदीय दलले पनि देउवासम्पर्कमा नरहेको जनाएको छ। संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले देउवा कहाँ छन् भन्ने कुरा थाहा नभएको बताए।
प्रकाश देउवा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन्। २०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयीभएका उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आकांक्षामा थिए। तर दलको नेता कमलबहादुर शाह चयन भएपछि उनी भौतिक पूर्वाधारविकासमन्त्री बनेका थिए।






