पोखरा, १७ फागुन/पोखरा–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको एक युवतीको शव फेला परेको छ।
आइतबार बिहान पुलमुनि फालिएको सुटकेस शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक युवतीको उमेर २२ देखि २५ वर्षको हाराहारीमा देखिन्छ। उनको हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु खोपिएको छ। घटनास्थलबाट एक मेडिकल कार्डसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
कास्की प्रहरी प्रमुख नवीन कार्कीका अनुसार युवतीको हत्या गरी तन्नाले बेरेर सुटकेसभित्र हालेर पुलमुनि फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मृतक युवतीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा युवती महिनावारीको अवस्थामा रहेको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धानबाट ती युवती ड्यामसाइडकै एक घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ। घरबेटीले परिचय खुल्ने कागजातका आधारमा उनीहरूलाई कोठा भाडामा दिएको पाइएको छ। उनीहरू आफूलाई श्रीमान–श्रीमती बताउँदै जापानी भाषा सिक्ने उद्देश्यले बसेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार युवतीसँगै बस्ने भनिएका श्रीमान् हाल फरार छन्। उनको आधार कार्ड भारतको सिलगुडी को देखिएको छ। प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरी सुटकेसभित्र राखेर फालेपछि उनी फरार भएको आशंका गरिएको छ।
उक्त जोडी एक महिना अघिमात्रै सो स्थानमा बसाइ सरेको खुलेको छ। मृतकका परिवार तथा आफन्तसँग हालसम्म सम्पर्क हुन सकेको छैन। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
पोखरामा युवतीको नृशंस हत्या, सुटकेसभित्र तन्नाले बेरेको शव फेला
पोखरामा युवतीको नृशंस हत्या, सुटकेसभित्र तन्नाले बेरेको शव फेला

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





