धनगढी, १७ फागुन/सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि कुटपिट भएको छ। धनगढीको मित्रनगर चोकमा हिमान्सु बोहराको समूहले थापामाथि कायर आक्रमण गरेको आरोप लागेको हो।
सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाका अनुसार समाचार संकलन तथा पेशागत गतिविधिकै क्रममा थापामाथि आक्रमण भएको हो। कुटपिटबाट थापाको टाउको र आँखामा गम्भीर चोट लागेको छ भने आँखामा रगत जमेको बताइएको छ।
घाइते पत्रकार थापाको धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी तत्काल प्रहरीलाई गराइसकिएको र प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
पत्रकारमाथि भएको यस प्रकारको आक्रमण प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको भन्दै विभिन्न सञ्चारकर्मी तथा नागरिक समाजले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्।
पत्रकारमाथि कायर आक्रमण : सनराइज टेलिभिजनका सुदीप थापा कुटिए, आँखामा गम्भीर चोट
पत्रकारमाथि कायर आक्रमण : सनराइज टेलिभिजनका सुदीप थापा कुटिए, आँखामा गम्भीर चोट

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





