धनगढी, १४ फागुन/कृषि अनुदानको नाममा सर्वसाधारणलाई झुक्याएर ९ लाख ६३ हजार रुपैयाँ ठगी गरेको आरोपमा गोदावरी नगरपालिका–७, कोली कटान बस्ने तुलाराम कोलीविरुद्ध गम्भीर आपराधिक मुद्दा लाग्ने अवस्था बनेको छ।
पीडित धनगढी उपमहानगरपालिका–१७, पथरीका रामसरण रानाका अनुसार कोलीले आफू कृषि ज्ञान केन्द्रको हाकिम भएको झुटो परिचय दिँदै ५३ लाख रुपैयाँ बराबरको अनुदान मिलाइदिने आश्वासन दिएर पटक–पटक गरी उक्त रकम मोबाइल बैंकिङ र क्यूआरमार्फत असुल गरेका हुन्।
अनुदान नदिई रकम कुम्ल्याए, माग्दा धम्की
रानाले दिएको बयानअनुसार रकम लिएपछि कोलीले न त अनुदान दिलाए, न त पैसा फिर्ता गरे। उल्टै पैसा माग्दा धम्की दिने, फोन नउठाउने र मानसिक दबाब दिने काम हुँदै आएको छ। “मसँग भएको सबै पैसा, स्कुटी बेचेर आएको रकम र छोराले काठमाडौँमा मजदुरी गरेर कमाएको पैसासमेत पठाएँ,” पीडित रामसरण राना
कानुनी कोण : ठगी, झुटो परिचय र आपराधिक विश्वासघात
कानुन व्यवसायीहरूका अनुसार यो घटना फौजदारी अपराधको श्रेणीमा पर्छ। कोलीमाथि ठगी, झुटो सरकारी पदको दाबी, आपराधिक विश्वासघात, डरधम्की र मानसिक यातना, सम्बन्धी मुद्दा लाग्न सक्ने देखिन्छ। यदि आफू सरकारी निकायको कर्मचारी भएको झुटो दाबी प्रमाणित भएमा, यो कार्य राज्यविरुद्धको अपराधसमेत मानिन सक्ने कानुनी जानकारहरू बताउँछन्।
प्रमाण सुरक्षित, उजुरी तयारी
पीडित रानासँग कोलीलाई पठाएको सम्पूर्ण रकमका मोबाइल बैंकिङ स्क्रिनसर्ट, क्यूआर भुक्तानी विवरण, टेलिफोन तथा ह्वाट्सएप संवादका प्रमाण सुरक्षित छन्। रानाले छिट्टै नेपाल प्रहरी र सम्बन्धित निकायमा औपचारिक उजुरी दिने तयारी गरिरहेको बताएका छन्।
‘पैसा फिर्ता गर्छु’ भन्दै समाचार रोक्न दबाब
कोलीले ई–भण्डाफोरकर्मीसँग टेलिफोनमा कुरा गर्दै “यो महिनाको अन्तिमसम्म सबै पैसा फिर्ता गर्छु” भन्दै समाचार प्रकाशन रोक्न दबाब दिएको स्रोतको दाबी छ। तर पटक–पटकको वाचा कार्यान्वयन नभएकाले पीडित न्याय खोज्न बाध्य भएको बताउँछन्।
राज्य संयन्त्रको नाम दुरुपयोग ?
घटनाले कृषि अनुदानजस्तो संवेदनशील सरकारी कार्यक्रमको नाम प्रयोग गरी सर्वसाधारण ठगिने क्रम बढेको संकेत गरेको छ। यसले अनुदान प्रणालीप्रति आम नागरिकको विश्वास कमजोर बनाउने खतरा देखिएको छ। पीडितको उजुरीपछि अनुसन्धान अघि बढेमा कोली पक्राउ पर्ने र अदालतमा मुद्दा दायर हुने सम्भावना प्रबल देखिन्छ।
‘म कृषि ज्ञान केन्द्रको हाकिम हुँ’ भन्दै ५३ लाखको सपना देखाएर ९.६३ लाख लुट : कोलीविरुद्ध ठगी र आपराधिक विश्वासघात मुद्दा लाग्ने संकेत (कोलीबाट ठगिएकाहरु धमाधम ई–भण्डाफोरको सम्पर्कमा)
‘म कृषि ज्ञान केन्द्रको हाकिम हुँ’ भन्दै ५३ लाखको सपना देखाएर ९.६३ लाख लुट : कोलीविरुद्ध ठगी र आपराधिक विश्वासघात मुद्दा लाग्ने संकेत (कोलीबाट ठगिएकाहरु धमाधम ई–भण्डाफोरको सम्पर्कमा)

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





