धनगढी, १४ फागुन/कृषि ज्ञान केन्द्रको हाकिम भएको दाबी गर्दै ५३ लाख रुपैयाँ बराबरको कृषि अनुदान मिलाइदिने आश्वासन दिएर ९ लाख ६३ हजार रुपैयाँ ठगी गरेको आरोपमा गोदावरी नगरपालिका–७, कोली कटान बस्ने तुलाराम कोली विवादमा तानिएका छन ।
पीडित धनगढी उपमहानगरपालिका–१७, पथरीका रामसरण रानाका अनुसार कोलीले आफू कृषि ज्ञान केन्द्रको हाकिम भएको बताउँदै पटक–पटक गरी उक्त रकम मोबाइल बैंकिङ र क्यूआरमार्फत असुल गरेका हुन ।
रानाले कोलीलाई विश्वास गरेर नगद, स्कुटी बेचेर आएको पैसा तथा छोराले काठमाडौँमा मजदुरी गरेर कमाएको रकमसमेत गरी जम्मा ९ लाख ६३ हजार रुपैयाँ पठाएको बताए । तर, रकम लिएपछि न त अनुदान मिल्यो, न त पैसा नै फिर्ता भयो।
‘अनुदान पाउन साढे दुई लाख चाहिन्छ’ भनेर ठगी सुरु
पीडित रानाका अनुसार सुरुमा कोलीले “५३ लाखको अनुदान पाउन साढे दुई लाख खर्च लाग्छ” भन्दै विश्वास दिलाएका थिए। “म मोबाइल बैंकिङ चलाउन जान्दिनथेँ, उसैले खोल्न लगायो। मेरो मोबाइलबाट आफैं आफ्नो खातामा साढे दुई लाख हाल्यो” रानाले भने, त्यसपछि “काम हुँदैछ” भन्ने बहानामा कोलीले पटक–पटक पैसा माग्दै गए र रानाले क्यूआरमार्फत पठाउँदै गए।
स्कुटी बेचेर, छोराको कमाइसमेत दिए
“सानो छोरा काठमाडौँबाट काम गरेर ४०–४५ हजार कमाएर ल्याएको थियो, त्यो पनि पठाइदिएँ। स्कुटी बेचेर, घरका सामान बेचेर जम्मा ९ लाख ६३ हजार दिएँ,” रानाले भने, ‘रकम पाएपछि कोलीले फोन उठाउन छाडेको र कहिलेकाहीँ उठाउँदा उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ ।
विवाहमा पैसा दिने वाचा, बारम्बार झुक्याए
कोलीले विभिन्न मितिमा पैसा फिर्ता गर्ने वाचा गरे पनि पूरा नगरेको रानाले बताए । “माघ १५ गते बहिनीको विवाहमा दिन्छु भने, दिएन । फागुन ९ गते भतिजोको विवाहमा दिन्छु भन्यो, त्यो पनि दिएन,”रानाले (आँसु झार्दै) भने, ‘बहिनी र भतिजाको विवाह ऋण काढेर गर्नुपरेको र नातिनी बिरामी भएर अस्पतालमा भर्ना हुँदा समेत उपचार खर्च नहुँदा गम्भीर मानसिक तनावमा छु ।
यसरी चिनजान भयो
रानाका अनुसार कोली पथरीस्थित उनको सानो पसलमा मोटरसाइकलमा महिलासहित आउने, दारु–मासु खाने र सुरुमा नगद तिर्ने गर्थे। एकपटक ८ हजार उधारो लिएर क्यूआरको फोटो खिचेर लगेका कोलीले तुरुन्त पैसा पठाएपछि विश्वास बढेको र त्यसपछि ठगी सुरु भएको रानाले बताए ।
‘यो महिनाको अन्तिमसम्म पैसा फिर्ता गर्छु’ भन्दै समाचार रोक्न दबाब
कोलीले ई–भण्डाफोरकर्मीसँग टेलिफोनमा कुरा गर्दै “यो महिनाको अन्तिमसम्म सबै पैसा फिर्ता गर्छु” भन्दै समाचार प्रकाशन नगर्न दबाब दिएको स्रोतले जनाएको छ । यद्यपि, पीडित रानासँग कोलीलाई पठाएको सम्पूर्ण रकमका मोबाइल बैंकिङ स्क्रिनसर्ट, टेलिफोन र ह्वाट्सएप संवादका प्रमाण सुरक्षित रहेको ई–भण्डाफोरकर्मीसंग छ ।
घटनाले कृषि अनुदानजस्तो संवेदनशील विषयमा सर्वसाधारणलाई झुक्याएर गरिने ठगीप्रति गम्भीर प्रश्न उठाएको छ ।
कृषि अनुदानको नाममा ९.६३ लाख ठगी : ‘कृषि ज्ञान केन्द्रको हाकिम हुँ’ भन्दै तुलाराम कोलीद्वारा रामसरण राना ठगिए (अरु क–कसलाई ठगेका छन् कोलीले भाग-२)
कृषि अनुदानको नाममा ९.६३ लाख ठगी : ‘कृषि ज्ञान केन्द्रको हाकिम हुँ’ भन्दै तुलाराम कोलीद्वारा रामसरण राना ठगिए (अरु क–कसलाई ठगेका छन् कोलीले भाग-२)

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





