धनगढी, ९ फागुन/नेकपा एमालेको झण्डा जलाउने थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४, हलवारका ३० वर्षीय रमेश राना मगर र वडा नम्बर ६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको थियो ।
बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको भन्दै उनीहरु पक्राउ परेका हुन् ।
घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । बिहीबार रास्वपा सभापति लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रमको भीडमा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ।
एमालेको झण्डा जलाउने थप २ जना पक्राउ
एमालेको झण्डा जलाउने थप २ जना पक्राउ

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





