धनगढी, ७ फागुन/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र सुदृढीकरणका लागि आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आह्वान गर्नुभएको छ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहले बि.सं. २००७ सालको ऐतिहासिक क्रान्तिबाट १०४ वर्ष लामो राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको स्मरण गर्नुभएको छ। उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्ष र बलिदानीमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरूको सम्मान व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री शाहले विभिन्न आन्दोलन र बलिदानीको जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएको बताउनुभयो।
उहाँले सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित भएको जेन्जी आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लोकतन्त्र मजबुत बनाउने अवसर भएको उल्लेख गर्नुभयो। संविधानको रक्षा, राजनीतिक स्थायित्व र जनविश्वास कायम गर्न निर्वाचन अपरिहार्य रहेको उहाँको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्गमा अघि बढ्न सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित उहाँले सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री शाहको सन्देश: “निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार”
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री शाहको सन्देश: “निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार”

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





