काठमाडौं, २७ माघ/पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । पाकिस्तानमा सञ्चालन भएको नवौं पाकिस्तानी आर्मी टिम स्पिरिट प्रतियोगितामा १७ राष्ट्रका ३८ टोली सहभागी थिए । २२ माघदेखि २४ माघसम्म चलेको उक्त प्रतियोगितामा नेपाली सेनाको टोली प्रथम भएको हो ।
सैन्य अभ्यासमा सहभागी टोलीहरुबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रण कौशललगायत दक्षताहरु परीक्षण गरिएको थियो । सन् २०१६ बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तराष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मा स्वर्ण पदक जितेको थियो ।
१७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक
१७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





