कैलालीको टीकापुरबाट खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खक्रौलाबाट सोही नगरपालिकाको वडा नम्बर १ बस्ने २८ वर्षीय आशिष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी शंकाको आधारमा चेकजाँच गर्ने क्रममा महतोको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






