बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाको विरोधमास्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।
पीडित परिवार तथा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका हुन्। प्रदर्शनकारीलेसडकमा टायर बालेर नाराबाजी गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।

बुधबार बिहानदेखि सुरु भएको प्रदर्शन बिहीबार पनि जारी रहँदा पथलैया–वीरगन्ज सडकखण्डमा यातायात प्रभावित भएको छ। सडकअवरुद्ध भएपछि वीरगन्ज–पथलैया खण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्।
साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमा चौधरीको शव तीन दिनपछि आफ्नै घरनजिकै छिमेकीको घरभित्र फेला परेकोथियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा बालिकाको हत्या साउन ३१ गतेकै दिन भएको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।






