बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक कर्मचारीले साउन १४ गतेकै मितिमा सिंगो महिनाभरिको हाजिरी भरेको अभिलेखसार्वजनिक भएपछि नगरपालिकाको अभिलेख व्यवस्थापन र प्रशासनिक जवाफदेहितामाथि प्रश्न उठेको छ।
शिक्षा, युवा तथा खेलकुद शाखामा प्राविधिक सहायकका रूपमा कार्यरत गीताकुमारी खड्काको हाजिरी रजिस्टरमा साउन महिनाकोअन्तिम दिनसम्मको उपस्थिति एकैपटक उल्लेख गरिएको देखिएको हो। महिना आधा पनि नपुग्दै पूरै महिनाको हाजिरी भरिएकोअभिलेख सार्वजनिक भएपछि स्थानीय तहको कार्यशैलीबारे चासो बढेको छ।

घटनाबारे प्रतिक्रिया माग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिलबहादुर बोहरासँग सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल बन्दथियो। सम्बन्धित कर्मचारी खड्कासँग पनि पटकपटक सम्पर्क गर्न खोजिए पनि फोन उठेन।
नगर प्रमुख दीपकबहादुर बमले भने नगरपालिकामा ई–हाजिरी प्रणाली लागू रहेको र रजिस्टरमा देखिएको विवरण मानवीय त्रुटिकाकारण भएको दाबी गरे। उनका अनुसार कर्मचारी खड्काले भूलवश अग्रिम हाजिरी भरिएको स्पष्टीकरण दिएकी छन्। “हाम्रोमा ई–हाजिरी नै आधिकारिक प्रणाली हो। रजिस्टरमा भएको प्रविष्टि गल्तीवश भएको भन्ने जानकारी आएको छ,” उनले बताए।
यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराले भने त्रुटिपूर्ण हाजिरी पाना हटाएर नयाँ पानामा सही विवरण राखिएको जानकारीदिएको बताइएको छ। तर यसबारे थप प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।
घटना सार्वजनिक भएपछि स्थानीय युवाहरू नगरपालिका पुगेर विरोध जनाएका थिए। छलफलका क्रममा प्राविधिक सहायक खड्कालेटिपेक्स प्रयोग गरेर गल्ती सच्याउने प्रयास गरेको प्रतिक्रिया दिएको बताइएको छ।
नगर प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित कर्मचारीबाट आएका फरक–फरक अभिव्यक्तिका कारण घटनाप्रति थपजिज्ञासा र आशंका उत्पन्न भएको स्थानीयको भनाइ छ।
स्थानीयले ग्रामीण तथा दुर्गम क्षेत्रका केही स्थानीय तहमा कर्मचारी नियमित रूपमा कार्यालयमा उपस्थित नहुने, तर हाजिरी अभिलेखमाउपस्थिति देखाइने गुनासो पनि दोहोर्याएका छन्। उनीहरूले यस घटनाको निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन्।साभार :- कल २४ न्यूज






