५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्।उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र ग्राउन्ड इक्युपमेन्ट अप्रेटर (जीईओ) का रूपमा कार्यरतथिए।

सोमबार राति साढे ८ बजे बटिक एयरको एडान नम्बर ओडी१८१ बाट भिजिट भिसामा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर प्रस्थानगर्ने क्रममा विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको हो।
चेकजाँचका क्रममा उनले कालो रंगको लगेजमा फलामको कराइभित्र स्वदेशी तथा विदेशी मुद्राहरू अवैध रूपमा बाह्य मुलुकतर्फ लैजानलागेको अवस्थामा फेला परेको थियो।
उनको राहदानी चेकजाँच गर्दा मुद्राको दरपिठ भएको नदेखिएको एवं नेपालबाट विभिन्न समयमा २६ पटक बाह्य मुलुकतर्फ यात्रा गरेकोदेखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए। उनलाईकारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।






