धनगढी उपमहानगरपालिका–३ चटकपुर, शहीद गेटको पश्चिमपट्टि सञ्चालनमा रहेको केयरटेकर हस्पिटल प्रा.लि. ले छोटो समयमैसर्वसाधारणको विश्वास जित्दै स्वास्थ्य सेवामा नयाँ पहिचान बनाउन सफल भएको छ। सुलभ शुल्क, गुणस्तरीय उपचार तथाबिरामीमैत्री सेवाका कारण अस्पतालप्रति स्थानीय नागरिकको भरोसा दिनप्रतिदिन बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।अस्पतालले “तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने मूल नारासहित सेवा प्रवाह गर्दै आएको छ। विशेषगरी आर्थिक रूपमा कमजोरतथा मध्यमवर्गीय नागरिकलाई लक्षित गर्दै निजी क्षेत्रमा पनि सरकारी अस्पतालसरह न्यून शुल्कमा सेवा दिने नीति अवलम्बन गरिएकोअस्पतालका व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर शाहीले बताउनु भएको हो। हाल अस्पतालमा फिजिसियन मधुमेह, उच्चरक्तचाप, मुटु, फोक्सो लगायतका जटिल रोगको उपचार जनरल सर्जन विभिन्न प्रकारका शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य, गर्भावस्था र प्रसूति सेवा। बालरोग विशेषज्ञ नवजात शिशु तथा बालबालिकाको उपचार।
हाडजोर्नी तथा नसा रोग विशेषज्ञ जनरल हड्डी, जोर्नी र चोटपटकको उपचार। हृदय रोग विशेषज्ञ मुटुसम्बन्धी रोगको उपचार। नाक, कानतथा घाँटी रोग विशेषज्ञ नाक, कान र घाँटीका समस्या।

आँखा रोग विशेषज्ञ आँखाको उपचार तथा शल्यक्रिया। छाला तथा यौन रोग विशेषज्ञ छाला, कपाल र यौन रोग सम्बन्धी उपचार।
मूत्ररोग विशेषज्ञ मिर्गौला, मूत्रथैली तथा मूत्र प्रणालीका रोग। थप आवश्यक विशेषज्ञहरू
न्युरोलोजिस्ट मस्तिष्क तथा स्नायु रोग।
मनोरोग विशेषज्ञ मानसिक स्वास्थ्य सेवा।
एनेस्थेसियोलोजिस्ट शल्यक्रियाका बेला बेहोस बनाउने तथा ICU सेवा। रेडियोलोजिस्ट एक्स–रे, अल्ट्रासाउन्ड, अबको केही दिनमासुदूरपश्चिममा सुविधा CT Scan, MRI रिपोर्ट।
प्याथोलोजिस्ट प्रयोगशाला परीक्षण र रोग पहिचान।
दन्त चिकित्सक दाँत तथा मुख स्वास्थ्य सेवा।
आपतकालीन चिकित्सा विशेषज्ञ ( आकस्मिक सेवाको व्यवस्थापन। अब को केही समयमै
सुविधा सम्पन्न अस्पतालमा
ICU/CCU विशेषज्ञ नेफ्रोलोजिस्ट (मिर्गौला रोग विशेषज्ञ) ग्यास्ट्रोएन्टेरोलोजिस्ट (पेट तथा कलेजो रोग विशेषज्ञ) निकट भविष्यमासुदूरपश्चि जनतालाई
क्यान्सर रोग विशेषज्ञ सेवा समेत दिने व्यवस्थामा समितिको अध्यक्ष गोपाल बहादुर शाही बताउनुभएको हो। फिजियोथेरापिस्ट तथापुनर्स्थापना विशेषज्ञ रहेको छ भने स्वास्थ्य परीक्षण, परामर्श तथा विभिन्न रोगसम्बन्धी उपचार सेवामा समेत विशेष ध्यान दिइएको छ।समयअनुसार आधुनिक स्वास्थ्य उपकरण थप गर्दै सेवा विस्तार गर्ने योजना अस्पतालले अघि सारेको छ शाहीले बताउनु भएको हो।केयरटेकर हस्पिटलले ग्रामीण तथा सहरी क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य पहुँच पुर्याउने उद्देश्यले समय–समयमा निःशुल्क स्वास्थ्यशिविर, जनचेतनामूलक कार्यक्रम तथा सहुलियत उपचार सेवा सञ्चालन गर्दै आएको छ।
अस्पताल व्यवस्थापन समिति का सदस्य ललित साउद का अनुसार निकट भविष्यमा थप विशेषज्ञ सेवा, आधुनिक प्रविधियुक्त उपकरणतथा सुविधासम्पन्न संरचना विस्तार गरी अस्पताललाई अझ व्यवस्थित र भरोसायोग्य स्वास्थ्य संस्था बनाइनेछ । स्थानीयवासीहरूलेपनि सुलभ शुल्कमा गुणस्तरीय सेवा पाउन थालेपछि केयरटेकर हस्पिटलप्रति विश्वास बढ्दै गएको बताएका छन्। स्वास्थ्य क्षेत्रमा सेवा, समर्पण र विश्वासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको अस्पतालले सुदूरपश्चिममै उदाहरणीय निजी स्वास्थ्य संस्था बन्ने लक्ष्यलिएको जनाएको छ।





