सुदूरपश्चिमको धनगढी मा रहेको नवजीवन सहकारी संस्था लिमिटेड अहिले निकै चर्चामा छ। करिब ४० हजारभन्दा बढी सदस्य र झन्डै७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको यो सहकारीमा नेतृत्व लिन ठूलो प्रतिस्पर्धा देखिएको छ। ३२औँ साधारण सभा हुँदा अध्यक्षपदका लागि ३ जना उम्मेदवार उठेका छन्। अहिले केशव मिश्र, घनबहादुर शाह र गोपालराज पाठकका तीन प्यानलबीच मुख्यप्रतिस्पर्धा भइरहेको छ।
तर यहाँ मुख्य कुरा के हो भने सेवा गर्ने संस्था भनिएको सहकारीमा चुनाव लड्न किन लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ? प्रचार गर्न, सदस्यजुटाउन र प्रभाव बढाउन धेरै पैसा खर्च भइरहेको कुरा बाहिर आएको छ। यसले धेरैलाई सोच्न बाध्य बनाएको छ। के सहकारीको नेतृत्वसेवा गर्ने पद हो, कि शक्ति र फाइदा पाउने ठाउँ?

नवजीवन सहकारीभित्रका केही गम्भीर आरोपहरू पनि लामो समयदेखि उठिरहेका छन्। भनिन्छ, २०५० सालदेखि लिइएका केही ऋणअझैसम्म तिरिएका छैनन्। ऋणको ब्याजलाई हरेका बर्ष साँवामा गाभ्दैं ब्याज बढाउँदै नाफा देखाउने गरिएको आरोप छ। कर्जा दिँदाकमिसन लिने, संस्थाको पैसा र स्रोत प्रयोग गरेर व्यक्तिगत सम्पत्ति जोड्ने जस्ता कुराहरू पनि चर्चामा छन्। यी सबै कुरा प्रमाणित पनीभैसकेको संस्थाका अध्यक्ष देव बहादुर बम बताउछन् । हालका तिनै अध्यक्षका उम्मेदवार अगाडीको कार्य समितीमा रहेको र गलतगरेका कर्मचारीलाई बचाएको आरोप पनी अध्यक्षले लगाएका छन् ।
सहकारीमा धेरै पैसा घुम्ने, हजारौँ सदस्य हुने र निर्णय गर्ने शक्ति पनि नेतृत्वमै हुने भएकाले त्यहाँ पुग्न धेरैको चाहना बढेको देखिन्छ।यही कारणले चुनाव पनि महँगो र प्रतिस्पर्धात्मक बन्दै गएको हो।
अब जेठ ९ गते हुने साधारण सभाले नयाँ नेतृत्व छान्नेछ। सदस्यहरूले कस्तो नेतृत्व रोज्छन् भन्ने कुराले सहकारीको भविष्य तय गर्नेछ।अब सबैको चासो यही छ नवजीवन सहकारी वास्तवमै सदस्यको सेवा गर्ने संस्थाका रूपमा अघि बढ्छ कि यस्तै विवाद र प्रश्नहरूमाअल्झिरहन् ? स्रोत :- कल24NEWS






