तत्कालीन नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बैंकिङ्ग कसुरमाउनीविरुद्ध कैलाली जिल्ला अदालतबाट वारेण्ट जारी भएको हो ।
डडेल्धुराको आलिताल गाउँपालिका–७ का पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले गत चैत २ गते जिल्लाअदालतमा बैंकिङ्ग कसुरको मुद्दा दायर गरेका थिए । सो मुद्दाको दर्ता नम्बर ०८२–सि १–०७६९ रहेको छ ।

कैलाली जिल्ला अदालतलेचैत १७ गते सोही मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी दिएको थियो । तर उनी हालसम्म पक्राउ परेका थिएनन् । यस्तै उनीविरुद्ध काठमाडौंमापनि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।






