बझाङ– बझाङको एक पालिकाले सडक निर्माणमा भ्रष्टाचार गरेको खुलेको छ। सडक निर्माणमा भ्रष्टाचार भएको पाइएपछि जिल्लाकोबित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरगरिएको हो।
गाउँपालिकाको वडा नम्बर–९ स्थित बागथला धारीडोबा सडकमा सिँचाइ क्यानल तथा ह्युमपाइप कल्भर्ट निर्माण गर्दा भ्रष्टाचार गरेकोठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निर्माण कार्यका क्रममा फिल्डमा काम नभएको तथा कम काम भएको अवस्थामापनि बढी काम भएको देखाई झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिने र लिने कार्य गरी भ्रष्टाचार गरिएको हो।
यसरी सरकारी रकम गैरकानुनी रूपमा लाभ वा हानी पुर्याउने उद्देश्यले भुक्तानी दिएको आयोगको दाबी छ।प्रतिवादी बनाइएकामातत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टसहित अन्य कर्मचारी र निर्माणसँग सम्बन्धित पाँच जना रहेका छन्।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) एवं सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ। आयोगले उनीबाट ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा बिगो कायम गरी सोहीबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ।






