धनगढी । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए ।
सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुप¥यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने ।आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए ।

वरिष्ठ नेता बालेन शाह ले आफ्नो पार्टी सरकारमा पुगे काँग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो निर्माण गर्ने बताएका छन्। उनले देश बनाउने स्पष्ट दृष्टिकोण रास्वपामै मात्र रहेको दाबी गरे। ’सरकारमा गयौँ भने सबै दल हिँड्ने बाटो बनाउँछौँ,’ उनले भने, ’हामी प्रतिस्पर्धा गर्छौँ, तर देश बनाउने काम साझा हुनुपर्छ।’
शाहले नेपाललाई ‘स्वीजरल्याण्ड’ बनाउने नारामाथि प्रश्न उठाउँदै देशमै रहेका प्राकृतिक सम्पदा र सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताए। ’मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्यो् स्वीजरल्याण्ड? त्यसको पराकाष्ठा राम्रो पक्ष यहीँ छ, उनले भने, ’खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ, किन चाहियो स्वीजरल्याण्ड? हामीसँग भएको चिज देखाउन सकेका छैनौँ।’
शाहले रास्वपा भोट माग्न मात्रै नभई काम गर्ने प्रतिबद्धतासहित आएको उल्लेख गर्दै पार्टीका नेता तथा उम्मेदवारलाई अवसर दिन आग्रहमेत गरे ।






