कञ्चनपुरमा विभिन्न एम्पुल र सिरिन्जसहित एक किशोर पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल र ५ एमएलको सिरिन्ज ३ थानसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी किशोरलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






