धनगढीमा सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीहरूलाई लक्षित गर्दै निःशुल्क प्रजनन परामर्श शिविर सञ्चालन हुने भएको छ ।इन्दिरा आई .भि.एफ. क्लिनिक नेपाल प्रा .ली काठमाडौँ को आयोजनामा हुने उक्त शिविर २०८३ जेठ २ गते शनिबार धनगढीस्थितकेयरटेकर हस्पिटल प्रा.लि. मा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा, वीर्य परीक्षण निःशुल्क, अल्ट्रासाउण्डमा विशेष छुट तथा ल्याब परीक्षणमा१५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । सन्तान प्राप्तिमा समस्या, बाँझोपन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएकादम्पतीहरूले शिविरबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

आयोजकका अनुसार सेवाग्राहीले समयमै आफ्नो सिट सुरक्षित गर्न आग्रह गरिएको छ । निःशुल्क परामर्श लिन आउने व्यक्तिलेनागरिकताको प्रतिलिपि साथमा ल्याउनुपर्ने जानकारी पनि दिइएको छ ।
शिविरले सुदूरपश्चिमका दम्पतीहरूलाई गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएकोछ ।






