धनगढी–पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोली को शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
आफन्तहरूले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि सोही वडाका दिपक भट्ट (२६) र दिनेश टेलर (३२) लाई मङ्गलबारनियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नरेश चैत ४ गते बिहान पाटन नगरपालिका–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका थिए। अघिल्लो दिनउनी किनमेलका लागि पाटन बजार गएका थिए तर राति अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए।खोजतलासका क्रममा बिहान करिब ८ बजेतिर उनको शव भेटिएको थियो।
घटनापछि आफन्तहरूले मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। मृतकका बुवा सेरि कोली भारतबाटफर्किएपछि घटनाको थप अनुसन्धान गर्न र नरेशसँग अन्तिम पटक देखिएका व्यक्तिहरूमाथि समेत गहिरो छानबिन गर्न आग्रह गरेकाछन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भानदेव बडूका अनुसार पक्राउ परेका दुबै जनामाथि अदालतबाट सात दिनको म्याद लिएरअनुसन्धान भइरहेको बताए ।
घटना भएको दिन मृतक र पक्राउ परेका दुई जना पाटनको एक होटलमा सँगै मदिरा सेवन गरेका थिए। हाल पक्राउ परेकामाथि थपअनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






