धनगढी, ५ चैत/कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँमा श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। ३१ वर्षीय रामबहादुर मगरले आफ्नी २७ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेपछि आफैंमाथि पनि गोली प्रहार गरेका छन्।
गोली लागेर सञ्जिता मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा रहेका रामबहादुर मगरलाई उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका लागि भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा दम्पतीबीच विवाद भएको थियो। सोही विवादका क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए।
स्थानीयवासीले राति मात्रै घटना बारे जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको यकिन समय भने अझै खुल्न सकेको छैन।हाल मृतकको शव घटनास्थलमै राखिएको छ र माइती पक्षका आफन्त आएपछि मात्रै मुचुल्का उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको छ।
कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक
कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





