धनगढी, २ चैत/सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालसहित तीन अस्पतालमा अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ।
मन्त्रीस्तरीय निर्णयबाट सेती प्रादेशिक अस्पताल, लम्कीचुहा अस्पताल र जोगबुढा अस्पतालमा पदाधिकारी नियुक्त गरिएको हो ।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट नियुक्त भएका छन । सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन । अन्य तीन सदस्य पछि नियुक्त गरिने जनाइएको छ।
लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त भएका छन् । ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार सदस्यमा नियुक्त भएका छन्।
जोगबुढा अस्पतालको अध्यक्षमा कैलपाल धामी नियुक्त भएका छन्। सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त भएका छन्।
सेती प्रादेशिकसहित सुदूरपश्चिमका तीन अस्पतालमा अध्यक्षसहित सदस्य नियुक्त
सेती प्रादेशिकसहित सुदूरपश्चिमका तीन अस्पतालमा अध्यक्षसहित सदस्य नियुक्त

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





