धनगढी, १ चैत/धनगढीमा रहेको दक्ष्य इन्टरनेशनल स्कूलले आफ्नो वार्षिक उत्सव भव्य कार्यक्रमका साथ मनाएको छ। ‘जीवन र भविष्यका लागि सीप’ भन्ने मूल नारासहित स्कूलले वार्षिकोत्सव मनाएको हो ।
धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको स्कूलले वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । स्कूलका प्रिन्सिपल निर्मल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सन कैलालीका पूर्व अध्यक्ष टोपबहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा स्कूलकी कोर्डिनेटर डम्मरी जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विभिन्न विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा स–साना बालबालिकाहरूले गीत, नृत्य लगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो।
विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको यस विद्यालय दोस्रो लकडाउनपछि ८ जना विद्यार्थीबाट सुरु गरिएको थियो। हाल विद्यालयमा करिब १ सय ३० जना विद्यार्थी अध्ययनरत रहेका छन्।
स्कूलका प्रिन्सिपल निर्मलबहादुर सिंह विगत २०६४ सालदेखि शिक्षण पेशामा सक्रिय रहँदै आउनुभएको छ। उहाँले क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको क्याम्ब्रिज अंग्रेजी भाषा मूल्यांकन संस्थाबाट अंग्रेजी भाषा शिक्षण क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्नुभएको छ।
काठमाडौँको सोह्खुट्टेस्थित सिग्मा स्कूल एण्ड कलेजमा लामो समय अध्यापन गरिसक्नुभएका सिंहसँग भियतनामस्थित सरकारी विद्यालयमा अध्यापन गराएको अनुभव समेत रहेको छ।
हाल पाँच जना साझेदार मिलेर सञ्चालन गरिरहेको विद्यालयमा १८ जना स्टाफ कार्यरत छन्। पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको स्कूलले विद्यार्थीको जन्मदिनमा उनीहरूको नाममा वृक्षारोपण गर्ने अभियानसमेत सञ्चालन गर्दै स्कूल परिसरलाई हरियाली र सुन्दर बनाउँदै आएको छ।
दक्ष्य इन्टरनेशनल स्कूलको वार्षिकोत्सव : ८ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले १३० जना अध्ययनरत
दक्ष्य इन्टरनेशनल स्कूलको वार्षिकोत्सव : ८ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले १३० जना अध्ययनरत

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




