धनगढी, २६ फागुन/महेश चौधरी माथि १५ लाख रुपैयाँको चेक बाउन्स, ठगी र उद्योग हिनामिना गरेको गम्भीर आरोप सार्वजनिक भएपछि कैलालीको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।
पीडित जय चदारोका अनुसार धनगढी उपमहानगरपालिका–८, स्थित हरी ओम जुत्ता–चप्पल उद्योग ७५ लाख रुपैयाँमा किन्ने सहमति गर्दै चौधरीले सुरुमा १५ लाख रुपैयाँको चेक ‘बयाना’ स्वरूप दिएका थिए । तर, चेक साट्न बैंक पुग्दा चेक बाउन्स भयो । त्यसपछि चौधरीले पटक–पटक नयाँ चेक दिँदै समय सार्ने काम गरे पनि रकम कहिल्यै नतिरेको चदारोको आरोप छ ।
उद्योग कब्जा, तीन वर्ष कारोबार
चदारोका अनुसार चौधरीले उद्योगको चाबी लिएपछि करिब तीन वर्षसम्म उद्योग सञ्चालन गरे । यो अवधिमा उद्योगभित्रका मेसिन र सामग्री बिक्री गरिएको, उद्योगकै नाममा लाखौं रुपैयाँ बिजुलीको बिल बक्यौता राखियो, उद्योगको सम्पत्ति प्रयोग गरेर आर्थिक लाभ उठाइएको चदारोको दाबी छ । “फोन गर्दा उठाउँदैनथे, भेट हुँदा ‘दिन्छु, दिन्छु’ भनेर टारिरहन्थे,” चदारोले भने, “हामीले प्रहरी लगायौं, दुनियादारी गर्यौं, पार्टी कार्यालय धायौं । तर, सुनुवाइ भएन।”
ताला तोडेर उद्योग फिर्ता
लामो समयसम्म समस्या समाधान नभएपछि अन्ततः वडा कार्यालयको सिफारिस र प्रहरीको रोहवरमा उद्योगमा लगाइएको ताला तोडेर चदारोले उद्योग आफ्नो नियन्त्रणमा लिएको बताए । “भित्र पसेपछि धेरै सामान बेचिसकिएको रहेछ,” उनले भने, “तीन वर्षको क्षतिपूर्ति र बिजुलीको बिल बराबरको रकम चाहिएको छ ।”
चेक बाउन्स मुद्दा दर्ता गर्ने तयारी
पीडित पक्षले चेक बाउन्ससम्बन्धी कानुनी प्रक्रिया सुरु गरिने जनाएको छ । अब भएन कानुनी प्रक्रियामा जानुको बिकल्प भएन चदारोले भने ।
राजनीतिक तरंग
जिल्ला तहको राजनीतिक नेतृत्व सम्हालेका व्यक्ति माथि यस्तो आरोप लागेपछि च्बकतचष्थब क्धबतबलतचब एबचतथ भित्र र बाहिर नैतिकता र जवाफदेहिताको प्रश्न उठ्न थालेको छ। यस विषयमा आरोपित महेश चौधरीको आधिकारिक प्रतिक्रिया भने अझै सार्वजनिक भएको छैन । यद्यपी पीडित र पीडकबिच भएको वार्तालापको भिडियो इभण्डाफोरसंग सुरक्षित छ । ३ वर्ष उद्योग चल्यो, सामान बेचियो, चेक बाउन्स भयो — अब कानुनी कारबाही कता पुग्छ?कैलालीको यो प्रकरणले अब राजनीति र कानुन दुवै क्षेत्रमा थप बहस जन्माउने देखिएको छ।
३ वर्ष उद्योग चलाए, सामान बेचे, चेक बाउन्स, रास्वपा कैलाली सभापति विवादमा
३ वर्ष उद्योग चलाए, सामान बेचे, चेक बाउन्स, रास्वपा कैलाली सभापति विवादमा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





