कञ्चनपुर, २४ माघ/कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ चुरे, फेदीको दोमिल्ला बस्तीमा बाघको त्रास बढेको छ । ऐश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय किसानका गोठबाट बाख्रा र घर आँगनबाटै कुकुर तानेर खान थालेको छ।
सामुदायिक वनका अध्यक्ष इश्वर बुढाका अनुसार बगान नजिक गएमा गर्जेर आउने गरेको छ। बाघले हालसम्म स्थानीय किसान सफल बुढाको बाख्रा, कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै लगेर मारेर खाएको अध्यक्ष बुढाले बताए।
“बाघ बस्ती नजिकैको अम्रिसो बगान क्षेत्रमा रहेपछि सामुदायिक वन प्रवेशमा रोक लगाएका छौँ”, उनले भने, “बाघले बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ।”
चुरे फेदीको दोमिल्ला बस्तीमा डमरुसहितको बाघको त्रास
चुरे फेदीको दोमिल्ला बस्तीमा डमरुसहितको बाघको त्रास

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





