ठगी मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरुङ पीडितलाई ७१ लाख ५० हजार रुपैयाँ फिर्ता गरेपछि हिरासतबाट रिहा भएका छन्।
भदौ १८ गते पक्राउ परेका गुरुङले तीन जना पीडितलाई क्रमशः दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुंज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ बुझाएका हुन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार रकम बुझाएपछि शुक्रबार साँझ गुरुङ रिहा भएका हुन्। गुरुङविरुद्ध दोर्जे शेर्पा, रिगुंज्याम्पु शेर्पा र सुनुर्पु शेर्पाले ठगीको आरोपमा जाहेरी दिएका थिए।






