नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणागरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई विपद्को कठिन घडीमा सहयोग गर्न थप मानवीय सहायताउपलब्ध गराउने जनाएको हो।

अमेरिकी विदेश मन्त्रालयले जीवनरक्षक मानवीय सहायताका रूपमा उक्त रकम उपलब्ध गराइने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीयसहायता उपलब्ध गराइनेछ।’
उक्त सहयोगबाट बाढीबाट प्रभावित १० हजार जनालाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइने जनाइएको छ।
विनाशकारी बाढीका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारीरहेका बेला मित्रराष्ट्रबाट प्राप्त यस्तो मानवीय सहयोगले प्रभावित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक राहत उपलब्ध गराउनसहयोग पुग्ने अपेक्षा गरिएको छ।
अमेरिकी सरकारको पछिल्लो घोषणासँगै बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई विभिन्न मुलुकबाट मानवीय सहायता तथा उद्धारसहयोग आउने क्रम जारी रहेको छ।






