कैलालीको खानीडाँडा नजिकै रहेको पर्यटकीय ‘भाइरल झरना‘मा फोटो खिच्ने क्रममा चिप्लिएर खसेका एक युवक बे‘पत्ता भएका छन्।
डडेल्धुरा घर भएका २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो झरनामा फोटो खिचाउने क्रममा अ,चानक चिप्लिएर पानीको तीव्र बहावमाबेपत्ता भएका हुन्।

स्थानीयका अनुसार वर्षायामका कारण झरनामा पानीको बहाव निकै तीव्र थियो। मनोरम दृश्य पृष्ठभूमिमा पारेर फोटो तथा भिडियोखिच्ने क्रममा पन्त चिप्लिएर सीधा झरनाको फेदमा खसेका थिए। घटनालगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उ‘द्धारका लागि घटनास्थलतर्फ परिचालन भएको छ। तर, पानीकोतीव्र गति र भौगोलिक जटि‘लताका कारण खोजीकार्यमा सा‘स्ती भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मनसुन सुरु भएसँगै काठमाडौँ, पोखरा, कैलालीसहित देशका विभिन्न भागमा रहेका प्राकृतिक झरना र नदी किनारमा आन्तरिकपर्यटकको भीड लाग्ने गरेको छ। यद्यपि, वर्षायाममा चिप्ला चट्‘टान र अप्रत्याशित बाढीका कारण यस्ता क्षेत्रहरू निकै जो‘खिमपूर्ण हुनेगरेका छन्। प्रहरीले प्राकृतिक पर्यटकीय स्थलहरूमा जाँदा विशेष सावधानी अपनाउन र जो‘खिमपूर्ण स्थानमा गएर फोटो वा भिडियोनलिन सर्वसाधारणमा अपिल गरेको छ।
बेप‘त्ता पन्तको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।






