फैसला उल्ट्याउँदै कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटाला ‘जीवित’ लाई जन्मकैद सजाय हुने ठहर गरेको छ।
बिहीबार सर्वोच्चको पूर्ण इजलासले १० वर्ष कैद बस्नुपर्ने फैसला गरेको सर्वोच्चका सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त फैसला गरेको हो।
यसअघि जिल्ला अदालत चितवनले बटालालाई तीन वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतले सोही फैसला सदर गरेको थियो।
पछि सर्वोच्चमा मुद्दा पुगेपछि सर्वोच्चले सफाइ दिएको थियो। उक्त फैसला विरूद्ध पुनरावलोकन भएपछि सर्वोच्चको पूर्ण इजलासले पुनः सुनुवाइ गर्दै सजाय बढाएर १० वर्ष कायम गरेको हो।
पहिलोपटक २०६८ साल जेठ १७ गते भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गरेको थियो।
Post Views: 5






