नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी (NIPS) डडेलधुरा जिल्ला समितिले बीमा क्षेत्रको समग्र विकास, बीमा पेशाकर्मीहरूको क्षमता अभिवृद्धि तथा व्यावसायिक हित संरक्षणका विविध विषय समेटिएको ज्ञापनपत्र नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख केदारनाथ भट्ट समक्ष बुझाएको छ।
सोसाइटीका अध्यक्ष गणेश बहादुर साउद तथा सचिव लक्ष्मण दत्त पाण्डेय लगायतको टोलीले ज्ञापनपत्र हस्तान्तरण गर्दै सुदूरपश्चिमका दुर्गम जिल्लामा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारी, अभिकर्ता तथा बीमा पेशाकर्मीहरूका लागि आवश्यक तालिम, अभिमुखीकरण, क्षमता विकास कार्यक्रम तथा व्यावसायिक सुविधाहरूलाई थप प्रभावकारी बनाउन आग्रह गरेको थियो।
ज्ञापनपत्रमा बीमा सम्बन्धी आधारभूत तथा उन्नत तालिम सञ्चालन, सम्पत्ति शुद्धीकरण (AML/CFT), जोखिम व्यवस्थापन, ग्राहक सेवा तथा दाबी व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण, बीमा सचेतना अभियान सञ्चालन, पेशागत विकासका कार्यक्रम तथा जिल्लास्तरीय निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई नियमितता दिनुपर्ने विषयहरू समेटिएका छन्।
कार्यक्रममा प्रदेश कार्यालय प्रमुख केदारनाथ भट्ट ले ज्ञापनपत्रमा उठाइएका विषयहरूलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल तथा समन्वयका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी डडेलधुरा जिल्ला समितिले बीमा क्षेत्रको गुणस्तरीय विकास, सेवाको प्रभावकारिता अभिवृद्धि तथा पेशाकर्मीहरूको हकहित संरक्षणका लागि आगामी दिनहरूमा समेत रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ।
नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी डडेलधुराद्वारा नेपाल बीमा प्राधिकरणलाई ज्ञापनपत्र
नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी डडेलधुराद्वारा नेपाल बीमा प्राधिकरणलाई ज्ञापनपत्र

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





