कञ्चनपुर, २२ भदौ/महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा कञ्चनपुरकी १५ वर्षीया किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् ।
दोधाराचाँदनी नगरपालिका–१० की सृष्टि सुनार टिकटक बनाउने क्रममा महाकाली नदीमा बगेपछि बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनालगत्तै किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार दुवै सुरक्षा निकायको संयुक्त टोलीले महाकाली नदीमा किशोरीको खोजी गरिरहेको छ ।
महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
महाकाली नदीमा टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता
महाकाली नदीमा टिकटक बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





