राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन् । बाग्मती प्रदेश सरकारकासन्दर्भमा पार्टीको विवादित निर्णयपछि उनले उपाध्यक्षबाट राजीनामा दिएका हुन् ।
पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बाग्मती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ । पार्टी निर्णय र निर्देशन उल्लंघन गर्दैबाग्मतीका सात जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । राप्रपाबाट तीनजना मन्त्रीसमेत बनेका छन् ।जबकि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकारमा सहभागी नहुने र कसैलाई समर्थन पनि नगर्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री थापालाई विश्वासको मत हाल्ने राप्रपाका सात सांसदमध्ये एकजना बुद्धिमान तामाङका आफ्नै भाइ डम्मर तामाङ पनि छन् ।उनी हाल बाग्मतीमा राप्रपा संसदीय दलका प्रमुख सचेतक हुन् । यसअघि दलकी प्रमुख सचेतक कुमारी तामाङ थिइन् । उनी सरकारमानजाने पार्टी निर्णयको पक्षमा उभिएपछि संसदीय दलका नेता उद्धव थापाले उनलाई पदबाट हटाएर डम्बरलाई प्रमुख सचेतक बनाएकाहुन् ।
राप्रपा उपाध्यक्ष तामाङ पनि बाग्मती सरकारमा सहभागी हुने पक्षमा थिए । तर पार्टीले नजाने निर्णय गरेपछि उनले त्यसलाई स्वीकारेकोराप्रपा स्रोतको दाबी छ । बाग्मतीमा आफ्नै भाइले पार्टी निर्णयको उल्लंघन गरेकाले आफूलाई पदमा बसिरहन नैतिक संकट उत्पन्नभएको तामाङले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापा र सरकारमा मन्त्री बनेका तीनजना (राजु विष्ट, राजेन्द्र प्रजापति, र गिरबहादुर तामाङ) लाई राप्रपाले कारबाही गरेको छ । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरिएको छ भने संसदबाट समेतपदमुक्त गर्न बाग्मती प्रदेश सभा सचिवालयलाई पत्राचार गरिएको छ । तर बाग्मतीका सभामुखले उनीहरूलाई पदमुक्त गरेका छैनन् ।
संसदीय दलका नेता थापाले पार्टीको निर्णयविरुद्ध अदालतमा जाने बताएका छन् । त्यसो त बाग्मती सरकारको वैधानिकताको मुद्दाअदालतमा विचाराधीन नै छ ।
महामन्त्री भन्छन्– राजीनामा स्वीकृत नहुन सक्छ
राप्रपा महामन्त्री राजेन्द्र गुरुङले उपाध्यक्षबाट बुद्धिमान तामाङले राजीनामा दिएको पुष्टि गरे । तर राजीनामा स्वीकृत नभइसकेको उनकोभनाइ छ ।
गुरुङले भने, ‘उहाँले ५–७ दिनअघि राजीनामा बुझाउनुभएको हो । तर अध्यक्षज्यूले स्वीकृत गर्नु भएको छैन । राजीनामा स्वीकृत नहुनपनि सक्छ ।’
यस विषयमा अध्यक्ष लिङदेनले आफैं निर्णय लिने वा पार्टी बैठक बोलाएर छलफल गर्ने सक्ने गुरुङले बताए । राजीनामा बाग्मतीसरकारको विषयसँग सम्बन्धित रहेको उनको भनाइ छ ।
तामाङ राप्रपाका पुराना नेताहरूमध्ये पर्छन् ।
२०७८ सालको महाधिवेशनमा उनी कमल थापाको प्यानलबाट उपाध्यक्षमा प्रत्यक्ष निर्वाचित भएका थिए । पञ्चायतकालदेखि नैराजनीतिमा सक्रिय उनी ७ पटकसम्म मन्त्री बनिसकेका छन् । हाल पार्टीको आन्तरिक गुटबन्दीमा उनी संस्थापन पक्ष अर्थात् राजेन्द्रलिङदेनतिर छन् । तर बाग्मती प्रदेश सरकारका सन्दर्भमा लिङदेनसँग उनको कुरा मिलेन ।






