रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ ।
पैसासँगै ५० करोड रुपैयाँ बराबारको सुन पनि सुरक्षित स्थानमा सारिएको छ ।

“करिब आठ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब १.५ करोड नगद, अनुमानित ५० करोडकोसुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको छ,” प्रहरीले भनेको छ ।






