रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि सरकारले दुई छिमेकी मुलुक भारत र चीनलाई मात्र खोज तथा उद्धारको अनुमति दिएकोछ। अमेरिका, बेलायतसहित अन्य धेरै देशहरूले उद्धार टोली पठाउन इच्छा देखाए तापनि नेपालले छिमेकी राष्ट्रहरूलाई मात्र अनुमतिदिएको हो।
भौगोलिक विकटता र भूराजनीतिक संवेदनशीलताका कारण भारतबाट आउने भनिएको ठूलो उद्धार टोलीको आकार भने घटाइएको छ।सुरुमा भारतीय राजदूत नवीन श्रीवास्तवले ८० जनाको दक्ष टोली र एमआई–१७ हेलिकप्टरसहित आउने प्रस्ताव नेपाली सेनाकाप्रधानसेनापति अशोकराज सिग्देलसमक्ष राखेका थिए।

तर, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानसेनापतिसँगको छलफलपछि रसुवाकासाँघुरा गल्छेडाहरूमा ठूला हेलिकप्टर अवतरण गर्न कठिन हुने निष्कर्ष निकालियो।
भारतीय पक्ष पनि उक्त प्राविधिक कठिनाइमासहमत भएपछि अब सानो हेलिकप्टरसहितको टोलीले उद्धारमा सहयोग गर्ने भएको छ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर सुरुङ र भग्नावशेषमाफसेकाहरूको जीवितै उद्धार गर्न अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न आग्रह समेत गरेका छन्।






