कञ्चनपुरको भीमदत्त नगरपालिका–स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले आह्वान गरेको खयर काठको लिलाम बिक्रीप्रक्रिया सुरुवातमै विवादमा तानिएको छ। इच्छुक काठ व्यवसायीले बोलपत्र फारम नै खरिद गर्न नपाएको दाबी गर्दै डिभिजन वनकार्यालयमा उजुरी दिएका छन्।
बैजनाथ सामुदायिक वनले घाटगद्दीमा रहेको ३२८ थान खयरका गोलिया, कुल ९५०.८१ क्युविक फिट काठ बिक्रीका लागि गत साउन२४ गते शिलबन्दी बोलपत्र आह्वान गरेको थियो। तर, सूचना जारी भएपछि बोलपत्र फारम खरिद गर्न सामुदायिक वनको कार्यालयपुगेका केही व्यवसायीले कार्यालय बन्द रहेको र सम्पर्कका लागि फोन गर्दा समेत पदाधिकारी तथा कर्मचारी सम्पर्कमा नआएको आरोपलगाएका छन्।
भीमदत्त नगरपालिकाका स्थानीय काठ व्यवसायी केशव चन्दले बोलपत्र फारम खरिद गर्न सामुदायिक वनको कार्यालय पुग्दा फारमनपाएको बताए। उनका अनुसार सीमित काठ व्यवसायीसँगको मिलेमतोमा बोलपत्रसम्बन्धी सूचना लुकाउने र इच्छुक व्यवसायीलाईफारम उपलब्ध नगराउने प्रयास भएको छ।
फारम खरिद गर्न नपाएपछि व्यवसायिहरुले डिभिजन वन कार्यालयमा उजुरी दिएको चन्दले बताए । डिभिजन वनलाई दिइएको उजुरीमाव्यवसायीहरूले बैजनाथ सामुदायिक वनको कार्यालयमा पटक–पटक पुग्दा पनि कार्यालय बन्द रहेको उल्लेख गरेका छन्।
उजुरीमा सूचना प्रकाशित भएपछि फारम लिन जाँदा वन समूहका पदाधिकारी तथा कर्मचारीहरूले कार्यालय बन्द गर्ने, फोन स्विच अफगर्ने तथा फोन नउठाउनेजस्ता गतिविधि गरेको आरोप लगाइएको छ।
डिभिजन वन कार्यालयमा २०८३ साल भदौ ११ गते दर्ता नम्बर ३७९ मा उजुरी दर्ता भएको छ । उजुरीमाथि वन कार्यालयबाट गरिएकोतोक आदेशमा इच्छुक व्यवसायीलाई सहज रूपमा बोलपत्र फारम उपलब्ध गराई प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दैत्यसो हुन नसके हाल अघि बढाइएको बोलपत्र प्रक्रिया रद्द गर्नुपर्ने विषयसमेत उठाइएको छ।

त्यस्तै, बोलपत्र फारम खरिद गर्न पुगेका अर्का व्यवसायी गोवद्र्धन भट्टले पनि सामुदायिक वनको कार्यालय बन्द रहेको र पदाधिकारीहरूसम्पर्कविहीन भएको दाबी गरे। बोलपत्र खरिद गर्ने अन्तिम दिन शुक्रबार भएकाले फारम लिन पुगेका व्यवसायीहरू रित्तै फर्किनुपरेकोउनको भनाइ छ।
व्यवसायीहरूले निश्चित व्यक्तिलाई मात्र काठ बिक्री गर्ने उद्देश्यले बोलपत्र फारम लुकाउने र कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भएकोआरोप लगाएका छन्। सामुदायिक वनको कार्यालयबाट स्वच्छ र पारदर्शी रूपमा बोलपत्र फारम पाउने अवस्था नदेखिएको भन्दैउनीहरूले डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराएका हुन्।
उजुरीमा इच्छुक सबै खरिदकर्तालाई समान रूपमा प्रतिस्पर्धामा सहभागी हुने वातावरण बनाउन डिभिजन वन कार्यालयबाटै बोलपत्रफारम उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ।
दर्ता गरिएको उजुरीमा वन कार्यालयले सजह रुपमा व्यवसायिलाई फारम वितरण नगरिएको भन्दै ठेक्का रद्ध गर्न तोक आदेश पनिगरिएको छ । बैजनाथ सामुदायिक वनले प्रकाशन गरेको सूचनाअनुसार घाटगद्दीमा रहेका ३२८ थान खयरका गोलिया लिलाम बिक्री गर्नलागिएको हो ।
उक्त काठको न्यूनतम सरकारी मूल्याङ्कन ९ लाख ५० हजार ८१० रुपैयाँ तोकिएको छ। यस विषयमा बैजनाथ सामुदायिक वनकापदाधिकारीसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।स्रोत : पुलेसो






