कैलाली भन्सार कार्यालयले कडाइ नगर्दा भन्सार छलेर भित्र्याइएका अवैध सामानहरु प्रहरीले दिनहुँ नियन्त्रणमा लिन थालेको छ ।
यस क्रममा बिहान ४ बजे वडा नं–२ फनपार्क नजिक प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रामिसंह बोहराको कमाण्डमाखटिएको गस्ती टोलीले बाटोको छेउमा बेवारिसे अबस्थामा भन्सार छली ल्याएको सुपर

पावर,प्लाष्टिक,केक पाउँडर,नरिवल,नमिकन,बुदियाँ र कपडा लगायतको धुँलोलोमा प्रयोग हुने विभिन्न सामानहरु बरामद गरेको प्रहरीचौंकी त्रिनगरका प्रहरी प्रमुख रामसिंह बोहराले जानकारी दिए ।
अन्दाजी २ लाख ५० हजार बराबरको अबैध सामाग्री नियन्त्रणमा लिई प्रहरी चौंकीमा राखिएको छ ।






