विगतमा भारतका विभिन्न राजनीतिक दललाई चुनाव जिताउने रणनीतिकारका रूपमा परिचित प्रशान्त किशोर ले पहिलोपटक आफैंचुनाव लडेर ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचन मा विजय हासिल गर्दै भारतीयजनता पार्टी (भाजपा) को करिब तीन दशक लामो वर्चस्व अन्त्य गरेका छन्।
जन सुराज पार्टी (Jan Suraaj Party) का संस्थापकसमेत रहेका किशोरले आफ्नो पहिलो प्रत्यक्ष निर्वाचनमै भाजपाका उम्मेदवारलाईपराजित गर्दै पार्टीलाई पहिलो ठूलो निर्वाचन सफलता दिलाएका हुन्। यो जितलाई बिहारको राजनीतिमा नयाँ अध्यायका रूपमाहेरिएको छ।

बाँकीपुर लामो समयदेखि भाजपाको बलियो गढ मानिन्थ्यो। यस उपनिर्वाचनमा प्रशान्त किशोरले निरन्तर अग्रता कायम राख्दै अन्ततःस्पष्ट मतान्तरका साथ विजयी भएका छन्। विश्लेषकहरूका अनुसार यो नतिजाले आगामी बिहार राजनीतिमा नयाँ शक्ति सन्तुलनकोसंकेत दिएको छ।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै किशोरले बाँकीपुरको विकास आफ्नो पहिलो प्राथमिकता हुने बताए। उनले भने,
“बाँकीपुरमा अबको तीन महिनाभित्र देखिने गरी परिवर्तन आउँछ। त्यसका लागि मलाई तीन महिनाको समय दिनुहोस्।“
उनले थप्दै भने,
“मेरो ढोका बाँकीपुरका जनताका लागि मात्र होइन, सम्पूर्ण बिहारका लागि खुला छ। मैले कुनै असाधारण काम गरेको होइन, तर ३०वर्ष पुरानो गढलाई ३० दिनमै भत्काइदिएको छु।“
यो निर्वाचनलाई विशेषगरी युवा मतदाता, स्थानीय मुद्दा र वैकल्पिक राजनीतिक शक्तिप्रतिको बढ्दो आकर्षणसँग जोडेर हेरिएको छ।प्रशान्त किशोरको जितले उनी अब पर्दापछाडिको रणनीतिकार मात्र नभई भारतीय राजनीतिका सक्रिय र प्रभावशाली नेताका रूपमास्थापित हुन थालेको विश्लेषण गरिएको छ।






