भारतीय सम्बिधान निर्माता तथा दलित मुक्ती आन्दोलनका अग्रज डा बाबा साहेब भिमराव अ्बेड्कारका नाती भिम राव यस्वन्त अ्बेड्करआफ्नो ४ दिने पारिवारिक भ्रमण को सिल्सिला मा काठमाडौं मा आउनु भएको थियो ।
उहा भारतीय बौद्ध महा सभा को केन्द्रिय अध्यक्षहुनुहुन्छ । नेपाल वौद्धधर्मको पावन भूमी भएको र यहां पनि धेरै वौद्धधर्मका अनुयायीहरु भएको हुंदा केही ध्यान साधनाको लागि नेपालआएको वुझिएको छ। उहांको नेपाल वसाईको अन्तिम दिन यहांका केही दलित तथा गैरदलित अभियन्ताहरुले उहांसंग साक्षात्कार गरेकोवुझिएको छ ।

उहांसंग साक्षत्कार गर्नेहरुमा नेपालकी प्रखर अम्वेडकारवादी नेतृ तथा अभियन्ता जस्ले अम्वेडकरका महत्वपूर्ण कृतिहरुलाई नेपालीमाअनुवाद समेत गरेकी छन् कमला हेमचुरी, पूर्व राजदूत तथा दलित गोलमेच अभियानका संयोजक डा. निर्मल विश्वकर्मा, रास्वपाकादलित नेता प्रदिप घतानी, व्यवसायी तथा रास्वपाका अर्का नेता रमेश विश्वकर्मा, पहिचानवादी नेता तथा प्राज्ञ र उज्यालो नेपाल पार्टिकानेता डा. महेन्द्र लावती, सामाजिक तथा वुद्धिस्ट अभियन्ता र पूर्व मन्त्री डा. केशवमान शाक्य, श्रमसंस्कृति पार्टिका नेता तथा प्रतिनिधिसभा सदस्य आरेन राई हरु रहेका थिए । साक्षात्कारको क्रममा कमला हेमचुरीले आफ्ना दुईटा अनुदित जातको विनास र वुद्ध रअम्वेढकरवाद भन्ने कितावहरु हस्तान्तरण गरेकी थिईन ।
अम्वेडकरका नाती तथा वुद्धिस्ट अभियन्ता यशवन्त अम्वेडकरले नेपालको दलित आन्दोलनको वारेमा जिज्ञासा राखेको र यहां एकीकृतर शक्तिशाली दलित आन्दोलन हुन नसकेको भन्ने वुझे पछि सवै जना एकजुट भएर अगाडि वढ्न सुझाएका थिए । श्रम संस्कृतिका नेतातथा सांसद आरेन राईले भारतको वहुजन आन्दोलनवाट प्रभावित भएको र नेपालका वहुजनहरुको पनि अन्तर्राष्ट्रिय स्तरमा सम्वन्धविकासमा सहयोग गर्न अम्वेडकरलाइै अनुरोध गरेका थिए । डा. लावतीले दलित र जनजातिहरुको जनसंख्या ७० प्रतिशत भन्दा वढिभएता पनि शासन सत्तामा सवै वाहुन क्षेत्रीको कव्जा भएको भन्दा डा. शाक्यले अहिले क्षेत्रीहरु पनि सीमान्तीकरणमा पर्दै सवै वाहुनहरुकैहालीमुहाली भएको वताएका थिए ।
डा. अम्वेडकर आफैमा एउटा संसार प्रसिद्ध नाम हो र २०११ सालमा अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको सिलसिलामा काठमाडौमा आएरमाक्र्सवाद र वुद्धिजमको विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । त्यति मात्र नभई आफु शारीरिक रुपमा अशक्त हुदा हुदै पनितामदाममा वसेर काठमाडौंका दलित वस्तिहरुको अवलोकन गर्दै तत्कालिक दलित नेताहरु सहर्षनाथ कपाली, मोहनलालकपालीहरुलाई तोडो फोडो और मरो तव जाकर अधिकार मिलेगा भन्ने जोशिलो अभिव्यक्ति दिएका थिए । उनै विश्वव्यापी वौद्धिकनेताका सन्तानको नेपालको भ्रमण आफैमा एतिहासिक हुने थियो तर वुद्धधर्मका अनुयायी भएकाले आफ्नो भ्रमणलाई ठूलो चर्चाकोविषय वनाउन नचाहेको वुझिएको छ । नेपालको दलित तथा वहुजनको आन्दोलनमा सघाउ पुग्ने कुनै पनि सहयोग गर्न तयार रहेको रनिकट भविष्यमा नेपालको पुनः भ्रमण गर्ने पनि वताईएको छ ।
यो भेटघाट कार्यक्रमको आयोजना नेपाल वौद्ध अम्वेडकर महासभाका अध्यक्ष मनोज जैगडीको सकृयतामा भएको थियो । जैगडी नेपालतथा भारतका अम्वेडकरवादी अभियन्ताहरुसंग अत्यन्त घनिष्ठ सम्वन्ध भएका व्यक्ति हुनुका साथै नेपालको दलित आन्दोलनका युवापुस्ताका अग्रणी नेता समेत हुन ।






