धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक रोड हाउस क्याफे नजिक दुई जना कुटपिटबाट घाइते भएका छन्।
मंगलबार राति साढे ९ बजे धनगढी–३ का ३८ वर्षीय सन्तोष श्रेष्ठ र ३१ वर्षीय सानु श्रेष्ठमाथि ३/४ जना अपरिचित व्यक्तिको समूहलेकुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको मायामेट्रो अस्पताल, धनगढीमा उपचार भइरहेको र स्वास्थ्य अवस्थासामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको कमाण्डमाखटिएको टोलीले फरार व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान गरिरहेको छ।






