रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–३ स्थित श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका लाइब्रेरियन कर्मचारी विकास यादवले सोहीविद्यालयमा अध्यनरत १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेका हुन् ।
२०८२ चैत २७ गते यादवले जबरजस्ती करणी गरेको पीडितको आरोप छ । आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिनेधम्की दिँदै यादवले पटकपटक जबरजस्ती करणी गरेको पीडित छात्राको दावी छ । विद्यालय प्रशासनको दबाब र उदासिनताका कारणघटनालाई सामाजिक तवरबाट समेत दबाउने प्रयास भएको उनको गुनासो छ ।

उनले प्रहरी कार्यालयमा पुगेर पीडकबिरुद्ध किटानी जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षकगणेश सापकोटाका अनुसार, इलाका प्रहरी कार्यालय मर्चवारमा यादवविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भइसकेको छ । ‘जाहेरीदर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढेको छ’,उनले भने, आरोपी फरार रहेकोले खोजी गरिरहेका छौं ।’
कर्मचारीविरुद्ध फौजदारी मुद्दा दर्ता भइसक्दा समेत विद्यालय प्रशासनले हालसम्म शिक्षकलाई स्पष्टीकरणसमेत नसोधेको बुझिएको छ। विद्यालयका प्रधानाध्यापक हृदयराम यादवले घटनाबारे आफूलाई जानकारी रहे पनि कर्मचारीउपर कारवाही प्रक्रिया अघिनबढाइएको स्विकार गरे ।






