धनगढी । मोहन्याल गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा आर्थिक अनियमितता भएको गम्भीर आरोप सार्वजनिक भएको छ। विशेषगरी मोहन्याल गाउँपालिका अन्तर्गत पर्ने भैरवमाला विद्यालय मा निर्माण कार्यका क्रममा ठूला अनियमितता भएको स्थानीयले दाबी गरेका छन्।
स्थानीय स्रोतका अनुसार विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित बजेटको दुरुपयोग भएको मात्र होइन, झ्याल–ढोका जस्ता संरचनात्मक सामग्रीमा समेत पुराना तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ। यसले विद्यालयको दिगोपन तथा विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका ठेकेदार सुरेन्द्र जैसी को भूमिका शंकास्पद रहेको पाईएकाे छ ।
उनीहरूका अनुसार नयाँ सामग्री प्रयोग गर्नुपर्ने ठाउँमा पुराना झ्याल–ढोका जडान गरिएको भेटिएको हो, जसले भ्रष्टाचार भएको पाईएकाे छ ।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले यस विषयमा तत्काल छानबिनको माग गरेका छन्।
मोहन्याल गाउँपालिकामा देखिएको यस्तो प्रवृत्तिले समग्र शिक्षा प्रणालीप्रति नै अविश्वास बढाउने खतरा रहेको छ।
भैरवमाला विद्यालयमा व्यापक आर्थिक अनियमितता पुराना सामग्री प्रयोग भएको खुलासा
भैरवमाला विद्यालयमा व्यापक आर्थिक अनियमितता पुराना सामग्री प्रयोग भएको खुलासा
"बिद्यालय व्यवस्था समितिको अध्यक्ष नै ठेकेदार "

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





