धनगढी, १५ फागुन/भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव हुँ भन्दै नेपाल टेलिकममा जागिर लगाइदिने प्रलोभन देखाएर धनगढीकी एक महिलासँग साढे दुई लाख रुपैयाँ ठगी गरिएको घटना बाहिर आएको छ।
गोदावरी नगरपालिका–७, कोली कटान बस्ने तुलाराम कोलीले बाजुरा घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्दै आएकी पार्वती बोगटी थापालाई आफू भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएको दाबी गर्दै ठगी गरेको खुलेको हो।
यसअघि ‘कृषि ज्ञान केन्द्रको हाकिम हुँ’ भन्दै ९.६३ लाख रुपैयाँ ठगी गरेको समाचार प्रकाशित भएपछि पीडित थापा ई–भण्डाफोरको सम्पर्कमा आएकी हुन्। थापाका अनुसार ३१ जुलाई २०२४ मा पहिलो पटक एक लाख रुपैयाँ पठाइन् भने १ अगस्त २०२४ मा ५० हजार रुपैयाँ क्यूआरमार्फत पठाएकी थिइन्। त्यसपछि “यति धेरै रकम क्यूआरमा हाल्न मिल्दैन” भन्दै कोलीले नगद ५० हजार, त्यसपछि क्रमशः १५ हजार, २० हजार र अन्तिममा १५ हजार रुपैयाँ समेत असुलेको उनले बताइन्।
पैसा लिएपछि कोलीले फोन उठाउन छोडेको, उल्टै पैसा फिर्ता माग्दा धम्क्याउन थालेको पीडितको भनाइ छ। हालसम्म ५० हजार रुपैयाँ मात्र फिर्ता पाएकी थापा भन्छिन, “मिडियामा कुरा आएपछि आउँदो आइतबार ५० हजार र बाँकी निर्वाचनपछि दिने भनिएको छ।”
यसरी फसेकी थिइन् पार्वती बोगटी थापा
शिक्षा कार्यालय अगाडि बसेर जागिर मिलाइदिने कुरा गर्ने कोलीलाई वरपरका महिलाले पनि विश्वास गरेको देखेपछि आफू पनि लोभिएको थापाले बताइन्। कोलीले आफ्नो नाम ‘तिलक ओली’ भन्दै नक्कली कार्डसमेत देखाएको, चिनेजानेका मानिसको नाम लिँदै विश्वास जितेको तर पछि सबै कुरा झुटो सावित भएको उनको भनाइ छ।
पछि जिल्ला प्रहरी कार्यालय पुग्दा मात्र उनको वास्तविक नाम तुलाराम कोली भएको थाहा पाएको र कागजी कारबाहीसमेत गरिसकेको थापाले जानकारी दिइन्। कोलीले “दुई महिनामा पैसा फिर्ता गर्छु” भन्दै वडामा औपचारिक उजुरी दर्ता नगर्न दबाब दिएकोसमेत उनले खुलाइन्।
बिन्दु चन्दद्वारा धम्की, सम्बन्ध स्वीकार
यस विषयमा बिन्दु चन्दसँग बुझ्न खोज्दा उनले तुलाराम कोलीलाई चिनेको स्वीकार गर्दै पत्रकारलाई गालीगलौच र धम्की दिएको आरोप छ। “उसलाई म भाइ भन्छु, मैले पैसा खाएको छैन, उल्टै उसले मेरो पैसा खाएको छ,” चन्दले दाबी गरिन्।
चन्द त्यही महिला भएको पुष्टि भएको छ, जो ‘म कृषि ज्ञान केन्द्रको हाकिम हुँ’ भन्दै ५३ लाखको सपना देखाएर (।६३ लाख ठगी गर्ने प्रकरणमा समेत कोलीसँगै देखिएकी थिइन्।
लगातार विभिन्न नाम र पदको दुरुपयोग गर्दै ठगी गर्दै आएको यो घटनाले राज्यका निकाय र सरकारी जागिरप्रतिको जनविश्वासमा गम्भीर प्रश्न उठाएको छ।
भौतिक मन्त्रालयको नक्कली सचिवको आतंक : ‘नेपाल टेलिकमको जागिर’ को झुठो सपनामा साढे २ लाख लुट, तुलाराम कोलीको ठगी शृखला फेरि पर्दाफास, बिन्दु चन्दद्वारा सम्पादक बि.क.लाई धम्की, सम्बन्ध स्वीकार
भौतिक मन्त्रालयको नक्कली सचिवको आतंक : ‘नेपाल टेलिकमको जागिर’ को झुठो सपनामा साढे २ लाख लुट, तुलाराम कोलीको ठगी शृखला फेरि पर्दाफास, बिन्दु चन्दद्वारा सम्पादक बि.क.लाई धम्की, सम्बन्ध स्वीकार

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





