धनगढी/जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका धनगढी–५, तारानगरका गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
हस्पिटल परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष तीर्थराज पन्त, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र प्राध्यापक डा. हेमराज पन्तले गौरवकी आमा गुन्ना जोशीलाई संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको हो।
शहीद परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको हस्पिटलले जनाएको छ। परिवर्तन, सुशासन र उज्ज्वल भविष्यको आकांक्षासहित भएको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदान स्मरण गर्दै हस्पिटलले दीप प्रज्वलनसमेत गरेको थियो।
दीप प्रज्वलनमा नागरिक समाजका अगुवा प्रमोद पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, हस्पिटलका अध्यक्ष पन्त, चिकित्सक, कर्मचारी, पत्रकार तथा जेनजी आन्दोलनमा सहभागी युवायुवतीको सहभागिता थियो।
सहभागीहरूले दीप प्रज्वलनमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
जेनजी शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटलको ३ लाख ५१ हजार सहयोग
जेनजी शहीद गौरव जोशीको परिवारलाई निसर्ग हस्पिटलको ३ लाख ५१ हजार सहयोग

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





