नेपालमा विदेशी लगानीको वातावरण नरहेको र काम गर्न सक्ने अवस्था पनि नरहेको भन्दै एनसेलका सीइओ माइकल फोले राजीनामादिएर स्वदेश फर्किएका छन् ।
फोलेको राजीनामापछि एनसेल सञ्चालक समितिले प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिमसिइओको जिम्मेवारी दिएको छ । यसको जानकारी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई गराइएको छ ।

एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा भदौ ९ गतेबाट फोलेको राजीनामा स्वीकृत भएको र नयाँ सिइओ नियुक्त नहुँदासम्म श्रेष्ठलाईकम्पनीको लिमिट्स अफ अथोरिटी अन्तर्गत प्रमुख कार्यकारी अधिकृतलाई भएको सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी जिम्मेवारी दिइएकोउल्लेख छ ।
स्मार्टसेलको सम्पत्ति लिलामी प्रकरणमा सरकारले सीआइबी लगाएर धितो लिलामी गर्ने बैंक र लिलामी सकार्ने सेवाप्रदायकलगायतलाई मुद्दा चलाउन लागेपछि सीईओ फोले नेपालमा काम गर्न नसकिने भन्दै एक वर्ष नपुग्दै बाहिरिएका हुन् ।
सरकारले टंकमणि शर्मा प्रतिवेदन सार्वजनिक गरेर कम्पनीको गोपनीय अधिकार हनन गरेको भन्दै एनसेल सर्वोच्चमा गएको थियो ।सर्वोच्चले एनसेलको पक्षमा अन्तरिम आदेश पनि दिएको छ ।
तर, नेपालमा विदेशी लगानीकर्तामाथि सरकारबाटै ज्यादति भएको गुनासो एनसेलले यसअघि अर्थमन्त्रीले विदेशी लगानकर्तासँगआयोजना गरेको छलफलमा पनि सुनाएको थियो ।






