प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा चारजनालाईनियन्त्रणमा लिएको छ ।
सोही कसुरमा यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिने सीआईबी प्रमुख एआईजी उमाप्रसादचतुर्वेदीले बताएका छन् ।

पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माईक्रो लाईभ ईन्स्योरेन्स लिमिटेडकी ४१ वर्षीयासुनिता महर्जन, नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सदस्य ३९ वर्षीया सुनिताश्रेष्ठ हुन्।
पक्राउ परेकाविरुद्ध धितोपत्र सम्बन्धी ऐन– २०६३ र बीमा ऐन– २०७९ गरी दुबै कानुन आकर्षित हुने चतुर्वेदीले बताए । उनीहरू विरुद्धकाठमाडौं जिल्ला अदालतबाट म्याद थप भई मुद्दा अगाडि बढेको उनले बताए ।






