बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमा तीखो वाक्युद्धसुरु भएको छ।
कंगनाको विवादास्पद अभिव्यक्तिमाथि रामदेवले टिप्पणी गरेपछि आक्रोशित बनेकी कंगनाले इन्स्टाग्राममार्फत व्यक्तिगत जीवन रजवानीबारे टिप्पणी नगर्न कडा चेतावनी दिएकी हुन्।

कंगनाले आफूलाई चरित्रको पाठ नपढाउन रामदेवलाई आग्रह गर्दै ‘मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्’ भन्ने शैलीमा कडा प्रतिवादगरेकी छन्।
विवादको सुरुवात कंगनाले केही युवा प्रदर्शनकारीलाई लक्षित गर्दै गरेको ‘जेनेरेसन गटर’ टिप्पणीबाट भएको थियो। आलोचना भएपछिउनले आफ्नो भनाइ सबै युवालाई नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिलाई लक्षित भएको स्पष्टीकरण दिएकी थिइन्।
तर रामदेवले कंगनाको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनको विगत र युवावस्थासँग जोडेर कुरा गरेपछि विवाद झन् व्यक्तिगत तहमापुगेको हो।
जवाफमा कंगनाले रामदेवको विगततर्फ समेत संकेत गर्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको बताएकी छन्।
उनले सन् २०२४ मा पतञ्जलि आयुर्वेदसम्बन्धी भ्रामक विज्ञापन मुद्दामा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतमा माफी मागेकोप्रसंगसमेत उठाएकी छन्।






