सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको सुरक्षा तथा नियन्त्रण कारबाहीबाट उल्लेखनीय उपलब्धि हासिलगरेको छ।
प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट एक लाख ९ सय जरिवाना संकलन गरिएको प्रहरीलेजनाएको छ। यस अवधिमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत खैरो हेरोइन/ब्राउन सुगर १४ ग्राम ७६० मिलिग्राम तथा नाइट्राजेपामट्याब्लेटसहित १० जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी विभिन्न जिल्लाबाट ९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा लिई तीन लाख ९३हजार ३० रुपैयाँ बराबरको मालसामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। कागजपत्र नभएका ९ वटा मोटरसाइकलसमेतनियन्त्रणमा लिइएको छ।
प्रदेश प्रहरीले लागूऔषध नियन्त्रण र अपराध न्यूनीकरण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नागरिकलाई सचेत र सहयोगीबन्न आग्रह गरेको छ। घटनासम्बन्धी आपतकालीन सेवाका लागि प्रहरी कन्ट्रोल १०० र ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न सकिनेजनाएको छ। स्रोत :-दिनेश खबर






